logo-img

एसिया कप : यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता रनआउटको रूपमा प्राप्त भयो । 

दोस्रो ओभरको पाँचौं बलमा यूएईकी कप्तान ईशा ओझा १० रनमा रनआउट भएकी हुन् । उनी यूएईकी प्रमुख ब्याटरमा पर्छिन् । 

नेपाल र यूएईबीचको खेल श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो ।  नेपाललाई आज ऐतिहासिक जित निकाल्ने मौका छ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन । 

नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डसँग पराजय बेहोरेको थियो । 

हालसम्म नेपाल र यूएईबीच चार खेलमा भेट भएको छ, जसमा नेपालले दुई र यूएईले एक खेल जितेको छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका काराण् रद्द भएको छ । 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया