logo-img

धनकुटामा बस र ट्यांकर आपसमा ठोक्किँदा १२ जना घाइते

धनकुटा नगरपालिका–१ सुकेपोखरीमा बस र दूध बोक्ने ट्यांकर ठोकिँदा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुनसरीको धरानबाट संखुवासभाको आँखीभुइँ जाँदै गरेको बा२ख ७२४७ नम्बरको बस र धनकुटाको हिलेबाट दूध बोकेर धरानतर्फ जाँदै गरेको को१च १५३१ नम्बरको दूध बोक्ने ट्यांकर ठोकिँदा बसमा सवार १२ जना घाइते भएका हुन् ।  

दुर्घटनामा घाइते भएका सबैको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी संखुवासभाको धर्मदेवी नगरपालिकाकी–१४ वर्षीया संगीता पौडेल, धर्मदेवी–८ की ६६ वर्षीया मनमाया बसेल, धर्मदेवि–८ का २० वर्षीय मनोज कार्की, धर्मदेवी–९ का ६० वर्षीय काजीबहादुर कार्की, धर्मदेवी–६ की ३१ वर्षीया मेनुका पौडेल र मोरङको बेलबारी–२ का ७० वर्षीय मानबहादुर विक घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, धर्मदेवी–६ का ५४ वर्षीय विष्णु श्रेष्ठ, धमदेवी–९ की ३८ वर्षीया देवी परियार, धर्मदेवी–६ का ३२ वर्षीया निराजन बस्नेत, सुनसरीको इटहरीका ६५ वर्षीया दुर्गा कार्की, धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ की ९ वर्षिया आरोही विक र तेह्रथुमको लालीगुराँस नगरपालिका–८ की ३७ वर्षीया कल्पना विक रहेको धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया