logo-img

क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत

विनयमोहन क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत नियुक्त भएका छन् । भारतको मन्त्रिपरिषद्को बैठकले उनलाई अमेरिकाका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

लामो समय भारतीय विदेश सेवामा कार्यरत क्वात्रा  २०७६ माघमा राजदूत भएर काठमाडौं आएका थिए । त्यसअघि उनी फ्रान्सको राजदूत पनि भएका थिए ।

भारतीय विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा क्वात्राको नियुक्तिको पुष्टि गरेको छ । अब छिट्टै उनले पदको जिम्मेवारी सम्हाल्नेछन् । 

भारतका विदेश सचिवको हैसियतमा क्वात्राले धेरै अन्तर्राष्ट्रिय मुद्दामा भारतको अडानलाई प्रस्तुत गरेका छन् ।​ उनी १९८८ ब्याचका भारतीय विदेश सेवा अधिकारी हुन्, उनी मोदीले बढी विश्वास गर्ने अधिकारीमध्येमा पर्छन् ।
 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया