logo-img

यूएईविरुद्ध नेपाललाई दोस्रो झड्का, कविता कुँवर सस्तैमा आउट

एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा ७.३ ओभरमा कविता कुँवरलाई गुमाएको हो । 

उनले आज १० बलमा २ रन मात्र जोड्न सकिन् । कविता पनि कविशा इगोडाजेको बलमा क्याच आउट भइन् । 

नेपालले पहिलो विकेटको रूपमा सीता राना मगरलाई गुमायो । उनी ५.१ ओभरमा कविशा इगोडाजेको बलमा क्याच आउट भइन् । सीताले आज १७ बलमा एक चौकासहित ७ रन जोडिन् ।

त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो ।  

यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे । नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । 

उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एक/एक विकेट लिए । 



नेपाललाई आज ऐतिहासिक जित निकाल्ने मौका छ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन । नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । 

यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डसँग पराजय बेहोरेको थियो । 



हालसम्म नेपाल र यूएईबीच चार खेलमा भेट भएको छ, जसमा नेपालले दुई र यूएईले एक खेल जितेको छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको विगत छ । 

  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया