logo-img

प्रधानमन्त्री ओलीको दाबी : आर्थिक र सुशासन सुधारमा सरकार प्रतिबद्ध हुनेछ
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए । 

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुनेछ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’

एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरे ।

एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए  । 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया