logo-img

एसिया कपमा नेपालको ऐतिहासिक जित, यूएईलाई ६ विकेटले हरायो

एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको छ । एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । 

यसअघि खेलेको दुई संस्करणमा नेपालले जितको खाता खेल्न सकेको थिएन । नवौँ संस्करणको उद्घाटन खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालको जितमा ओपनर सम्झना उत्कृष्ट ब्याटिङ गरिन् । उनले ४५ बलमा ११ चौकासहित अविजित ७२ रनको इनिङ खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सम्झनाको यो करियरकै उत्कृष्ट पारी हो ।   

यस्तै, रुबिना क्षेत्रीले ८ बलमा एक चौकासहित १० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । यूएईका लागि कविशा इगोडाजेले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । 

त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो ।  



यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे । नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । 



उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईको नाममा एक/एक विकेट रह्यो । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ ।

नेपालले अब दोस्रो खेलमा आइतबार पाकिस्तानसँग खेल्ने तालिका छ ।   

  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया