logo-img

राष्ट्रियसभामा थारू आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय सभामा ‘थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरे ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।  त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद शारदादेवी भट्टले प्रयोग गरेका शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिए ।

सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गरेका ती शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को खण्ड (घ) १ को व्यवस्था विपरित भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिए । 

अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेडर्कबाट हटाउन माग गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही ७ साउनमा सोमबार अपरान्ह १ः१५ मा बस्नेछ ।  





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया