logo-img

विद्यार्थीको सहजताका लागि ईक्यान र पीटीईबीच सम्झौता

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) र पिअर्सन टेस्ट अफ इंग्लिश (पीटीई)बीच शुक्रबार नयाँ सम्झौता भएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई सहजता प्रदान गर्न इक्यान र पीटीईबीच सम्झौता भएको हो ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले एकै किसिमको गुणस्तरीयता कायम गर्न पीटिईसँग सम्झौता गरेको उनले बताए । उनका अनुसार यो सम्झौताले विद्यार्थीलाई सहजता प्रदान गर्ने छ भने शैक्षिक परामर्श संस्थालाई एकै किसिमको गुणस्तरीयता कायम गर्न मद्दत पुग्ने छ ।

पीटिई विद्यार्थीको रोजाइमा रहेकाले उनीहरूको सुविधाको लागि शुक्रबार इक्यानको कार्यालयमा दुई पक्षबीच सम्झौता भएको अध्यक्ष भट्टराईले जानकारी दिए । यो सम्झौताबाट इक्यानका सदस्य संस्थाले सहयोग पुग्ने इक्यानले जनाएको छ ।

सम्झौतामा ईक्यानका अध्यक्ष शेषराज भट्टराई र पीटिई क्षेत्रीय बजार प्रबन्धक सुमनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

विद्यार्थीमा पीटिईको प्रभावलाई कसरी लैजाने भन्नेबारेमा यो सम्झौता केन्द्रित हुने उनको भनाइ छ । विद्यार्थीको सहजता सुनिश्चित गर्नका लागि पनि यो सम्झौता ऐतिहासिक भएको ईक्यानले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया