logo-img

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको आज ललितपुरमा सम्पन्न बैठकले बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले जानकारी दिए । 

मुख्यमन्त्री जम्कट्टेलले यही ६ साउनमा प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जनाले सामूहिकरूपमा राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ ।  





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया