logo-img

एसिया कपमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

भारतले नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न दोस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।

आफ्नो पहिलो खेलमा पाकिस्तानले दिएको १ सय ९ रनको लक्ष्य भारतले १४.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि स्मृति मान्धनाले ४५, शफाली वर्माले ४० र दयालन हेम्लताले १४ रन बनाए । पाकिस्तानका लागि सैयदा आरुब शाहले दुई र नशरा सन्धुले एक विकेट लिए ।  

त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान १९.२ ओभरमा १ सय ८ रनमा अलआउट भयो । 

उसका लागि सिद्रा अमिनले २५, फातिमा साना र तुबा हसनले २२/२२ र मुनिबा अलीले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि दीप्ती शर्माले तीन तथा रेणुका सिंह श्रेयंका पाटिल र पूजा वस्त्रकारले दुई/दुई विकेट लिए ।  

समूह ‘ए’ अन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो । नेपालले अब दोस्रो खेलमा आइतबार पाकिस्तानसँग खेल्ने तालिका छ । 
 





  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया