logo-img

विश्वासको मतअघि कांग्रेस–एमालेबीचको सहमति संसदबाट सार्वजनिक गर्न प्रधानमन्त्रीलाई गगनको आग्रह

सत्ता समीकरणका लागि कांग्रेस–एमालेबीच भएको सहमतिबारे राजनीतिक वृत्तमा चासो छ । असार १७ गते गरिएको उक्त सहमतिका केही बुँदा बाहिर आए पनि हस्ताक्षरसहितको सहमतिपत्र अहिलेसम्म गोप्य नै राखिएको छ । 

हस्ताक्षरकर्तामध्येको ठूलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उक्त सहमति सार्वजनिक गर्न ढिला गर्नु नहुने बताएका छन् । कांग्रेस र एमालेबीचको उक्त सातबुँदे सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्‌बाट विश्वासको मत लिने बेला सार्वजनिक गर्नुपर्ने बताएका छन् । 

४२औँ बिपी स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री ओली आफैँ ​हस्ताक्षरकर्ता मध्येका एक रहेकाले विश्वासको मत लिने क्रममा उक्त सम्झौता सार्वजनिक गर्नुपर्ने उनको सुझाब छ । 

कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिअनुसार नै कांग्रेसले कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको भन्दै थापाले नेपाली कांग्रेस सम्झौताअनुसार नै अगाडि बढेकाले एमाले पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए ।





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया