logo-img

भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म विकास सम्भव छैन : डा. भट्टराई
पार्टी गठन गरेर एजेन्डा उठाउँदैमा वैकल्पिक शक्ति बन्न सकिन्न’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी गठन गरेर एजेन्डा उठाउँदैमा वैकल्पिक शक्ति बन्न नसकिने बताएका छन् । 

शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम : एक दूरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए । 

उनले भने, ‘पार्टी गठन गर्ने, चारजना मान्छे जम्मा हुने, एउटा नेता हुने, एक खालको एजेन्डा उठाइदिने वैकल्पिक भन्ने जस्तो देखिन्छ त्यस्तो हुनुहुँदैन । जसले वैकल्पिक अवधारणा, वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जान्छ त्यो नै वैकल्पिक भएर आउँछ ।’

यस्तै,उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए । 

उनले भने, ‘म कसैलाई गाली गर्ने पक्षमा छैन । तर भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ । खुला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिँदैन, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन ।’





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया