logo-img

कांग्रेस-एमालेले सरकारमा नसमेटेपछि बिच्कियो राप्रपा, प्रधामन्त्रीलाई विश्वासको मत नदिने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको राप्रपा निर्देशक समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

राप्रपाले सुरुमा कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिलाई सकारात्मक रूपमा लिएको जनाएको थियो । प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिए पनि तत्पश्चात् सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

राप्रपाले संसदीय दलको बैठक भने आइतबारका लागि बोलाएको छ । प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।

कांग्रेस–एमालेले मन्त्रिपरिषद विस्तारमा अन्य दुई दललाई समेटेको छ । अशोक राई नेतृत्वको जसपाबाट दुईजना र लोसपाबाट एकजना मन्त्री बनेका छन् । सरकारमा आफ्नो दललाई नसमेटेपछि राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया