logo-img

कांग्रेस प्रतिपक्षमै बस्ने इच्छा प्रचण्डका कारण बदलियो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरले बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताएका हुन् ।

‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेकाबेला पनि एउटासँग विवाह गर्ने र अरु–अरुतिर चियाउन जान थाले । एमालेसँगको गठबन्धनमा पनि उहाँले त्यस्तै प्रवृत्ति देखाउनुभयो । एमालेसँगको गठबन्धनमा रहँदा पनि हामीसँग भेटेको बेला एमालेसँग सहज अवस्था भएन भन्नुहुन्थ्यो । दुई पार्टीको अध्यक्ष टाढिएपछि आजको अवस्था बन्यो । प्रचण्डले त्यस्तो काम नगरेको भए यो नयाँ सरकार बन्दैन थियो होला,’ उनले भने । 

माओवादी, एमाले, रास्वपालगायत पार्टीहरु नै मिलेर सरकार सञ्चालन गरून् भन्ने आफूहरुको इच्छा रहेको भए पनि परिस्थिति बदलिएको उनको धारणा थियो । ‘हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गर्ने र पार्टीभित्रको फोहोरहरु सफा गर्ने, पार्टीलाई बलियो बनाउने अभियानमा थियौँ । तर परिस्थिति बदलियो,’उनले भने ।

फरक प्रसंगमा उनले नयाँ सरकार बन्ने क्रममा समझदारीलाई नेपाली कांग्रेसले इमानदारी साथ पालना गर्ने र एमालेले पनि गर्छ भन्ने आफूलाई विश्वास व्यक्त गरे । ‘अब दुई वर्ष अहिलेको सरकार चल्छ । त्यसपछिको १८ महिना हाम्रो सरकार चल्छ । यस बीचमा एकपटक मात्र सरकार परिवर्तन हुन्छ भन्ने समझदारी छ,’ उनले भने ।
 





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया