logo-img

मधेश सरकार जोगाउन जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। कांग्रेस–एमालेले मधेश प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले जनमतले संघीय सरकारका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले संघीय सरकारलाई समर्थन गरेर जाने नीति लिएको बताए । सुरुदेखि नै आफ्नो पार्टीको प्राथमिकतामा मधेश प्रदेश सरकार रहेको उनको भनाइ छ । 

प्रतिनिधिसभामा ६ सांसदसहित राष्ट्रिय पार्टी बनेको जनमत पार्टी संघीय सरकारमा सहभागी हुन चाहे पनि कांग्रेस–एमालेले सामेल गराएनन् । तत्काललाई मधेश सरकारको नेतृत्वमै चित्त बुझाउन भन्दै दुई ठूला पार्टीले जनमतलाई सरकारमा पछि सामेल गराउने आश्वासन दिएका छन् । 





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया