logo-img

विपदजन्य घटनामा परी हालसम्म एक सय २८ को मृत्यु, यस्तो छ क्षतिको विवरण

देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरोलगायत विपद्मा परी शनिबार दिउँसोसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा सातजना र सुदूरपश्चिम प्रदेशमा नौजना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा नौजना, बागमती प्रदेशमा सातजना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौजना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४३ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । 

साथै, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा पाँचजना गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएकाछन् । बेपत्ताको खोजीकार्य जारी रहेको छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ८९ वटा पशुचौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवाासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया