logo-img

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरूलाई निर्देशन दिएको हो ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो । रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको उनले बताए ।  





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया