नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिएर छानबिनमा सघाउन माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुखले कार्यालय र संसद्लाई भिसा सहजीकरणको कन्सल्टेन्सी बनाएको भन्दै राजीनामाको माग गरेका हुन् ।
उनले भने,‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद् हुन सक्दैन । कन्सल्टेन्सी जस्तो नबनाइयोस् । चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो ? छानबिन हुनुपर्छ ।’
केही दिन अगाडि उपसभामुखले पाँच जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न लेखेको पत्र सार्वजनिक भएको थियो ।
यो पनि पढ्नुहोस् : उपसभामुखको पत्र प्रकरण : संसद् र पदको गरिमामाथि आँच पुर्याउने हर्कत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।