logo-img

भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौँ र कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रस्टचार गर्ने जो सुकैलाई कारबाही हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौँ, कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ, ढुक्क भए हुन्छ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारका सबै काण्डमा छानबिन तथा अनुसन्धान गर्ने बताए । उनले कुनै कालखण्डमा भएका भ्रष्टाचारमाथि छानबिन गरेर भ्रष्टाचारी कानुनको कठघरामा पुर्‍याइने बताए । 

सहकारी पीडितलाई न्याय दिने उनको दाबी छ । सहकारी ठगी प्रकरणमा छानबिन गरेर जो सुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताए।  उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्याङ्कन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकतामा रहेको बताए ।  





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया