logo-img

दोलखा भीमेश्वर पसिना पुछेर राष्ट्रपतिलाई बुझाइयो महाप्रसाद

दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । 

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् ।  

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ । 

राष्ट्र प्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन पनि छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बायाँ भागमा पसिना आएको बताइएको छ ।





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया