logo-img

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएका छन् । 

मुख्यमन्त्री जोखबहादुर महराले आजै दिउँसो सदनलाई सम्बोधन गरेर राजीनामा दिएका थिए । प्रदेश शेरचनले उनको राजीनामा स्वीकृत गर्दै नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार नयाँ सरकार गठनका लागि एमाले–कांग्रेस गठबन्धनले दाबी गर्ने तयारी गरेका छन् ।

उक्त प्रदेशमा एमालेको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति दुई दलले गरिसकेका छन् । आइतबार दुई दलको संयुक्त बैठक बसेर एमालेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका थिए । 





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया