logo-img

सबै दलसँग संवाद गरेर सहमतिबाटै संविधान संशोधन हुन्छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण गर्ने गरी संविधान संशोधन गरिने बताएका छन् । देशमा क्रियाशील राजनीतिक दलका बीचको संवाद र सहमतिबाटै संविधान संशोधन गरिने उनको भनाइ छ । 

आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि भएको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको विषय उल्लेख छ ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सातबुँदे सहमति सार्वजनिक गरेका थिए । 

गृहमन्त्री लेखक सरकारको विधेयक समितिका संयोजकसमेत हुन् ।  उनले संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षको समीक्षा गरी आवश्यक संशोधन र परिमार्जन गरिने बताए ।





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया