logo-img

लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, गिरीलाई नियुक्त गर्न दाबी पेस गर्ने तयारी
लीला गिरी, फाइल तस्बिर

लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले सोमबार राजीनामा दिएपछि लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउने भएको हो । 

आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्रीमा नियुक्त हुने छन् । गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्तरूपमा दाबी पेस गर्ने तयारी रहेको छ । 

दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आज साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् ।

यस्तै, बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार दाबी पेस गर्ने तयारी गरेको छ ।  कांग्रेसबाट संसदीय दलको नेता बहादुरसिंह लामाले आज सरकारमा दाबी पेस गर्ने भएका हुन्।  





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया