logo-img

बाइडेनले उम्मेदवारी फिर्ता लिए, उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्ने

जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

२८ जुनमा ट्रम्पसँगको बहसमा पछि परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो । 

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनविरुद्ध आफ्नो धारणा राखेका थिए । यसले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन नैतिक दबाब बढाएको हो ।

पार्टीबाट अत्यधिक दबाब र स्वास्थ्यको कारण देखाउँदै ८१ वर्षीय बाइडेनले नोभेम्बरमा हुने चुनावमा उम्मेदवार नबन्ने बताउँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बाइडेनले मैदान छाडेपछि अमेरिकी राष्ट्रपतिको चुनाव अब रोचक बनेको छ ।   





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया