logo-img

साउने सोमबारमा पशुपतिमा बिहानैदेखि श्रद्धालुको घुइँचो [तस्बिरहरू]

साउनको पहिलो सोमबार र साउन महिना हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवको प्रिय मानिन्छ । साउन र सोमबार शिवको स्तुति गर्नाले मानव तथा चराचर जगतका लागि कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता छ ।   

आजको दिन हिन्दु धर्मावलम्बीले भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाएर पूजाअर्चना गर्दछन् । अन्य बारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

आज देशभरका शिवालयमा श्रद्धालुको भीड लागेको छ । काठमाडौंस्थित पशुपतिनाथमा पनि बिहानैदेखि झरीका बीच दर्शनार्थीको घुइँचो लागेको छ । हेर्नुहोस् तस्बिर :





 

 

  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया