logo-img

तोलामा १ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।   

आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया