logo-img

कुञ्ज नाटक घरमा नयाँ नाटक मञ्चन हुँदै

कुञ्ज नाटक घरमा साउन ८ बाट नयाँ नाटक मञ्चन हुँदै छ । शिल्पशालाको प्रस्तुति नाटक ‘कर्तव्य’ मञ्चन हुन लागेको हो । 

यही साउन ८ देखि २३ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ५ : ३० देखि तथा अतिरिक्त सो शनिबार दिउँसो १:३० बजे पनि कुञ्ज नाटक घर थापा गाउँ, काठमाडौंमा नाटक मञ्चन हुने भएको हो । 

पहिलो आधुनिक कथाकार गुरुप्रसाद मैनालीको कथा कर्तव्यमा आधारित नाटकलाई शंकर पोखरेलले निर्देशन गरेका हुन् भने कैलाशले सह–निर्देशनको भूमिका निर्वाह गरेका छन् । यस कथालाई लगभग २० जना कलाकारहरूले मञ्चमा उतार्दै छन् ।

यो सामाजिक घटनामा आधारित आदर्शोन्मुख यथार्थवादी कथा हो । कथाका पात्रहरू श्रीधर र मुरलीधर सिङ्गो नेपाली समाजको प्रतिनिधि पात्र हुन् । नेपाली समाजमा दाजुभाइका बिचमा हुने विवाद र मनमुटाबलाई मार्मिक ढङ्गले कथाको विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ ।

कक्षा १० को पाठ्यक्रममा पनि समावेश भएको छ ।  यस्तो नाटक, सबैखाले दर्शकका लागि बनाइएको निर्माताको दाबी छ ।  





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया