logo-img

कर्णालीमा माओवादीका मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट बनेका मन्त्रीले राजीनामा दिएका छन् । उनीहरूले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी सामूहिक  राजीनामा दिएको घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलन सकिएलगत्तै उनीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाए । कर्णालीमा माओवादीबाट अर्थमन्त्रीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए । 

केन्द्रको समीकरण फेरिएर माओवादी केन्द्र प्रतिपक्षमा पुगेसँगै कर्णाली प्रदेश सरकारबाट पनि बाहिरिएको हो ।  





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया