logo-img

समयको मागअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको मागअनुसार संशोधन गर्न सकिने बताए । 

‘यो संविधानको विशेषता के होभन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरू त्यसलाई परिवर्तन गर्नको लागि विधि प्रक्रिया पूरा गरेर जनताको मागअनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, यो तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए यो अवस्था पुग्दैनथ्यो भन्ने मलाई लाग्छ,’ उनले भने ।

यस्तै, उनले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरू सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताए । 

‘अहिले काङ्ग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ । यो सरकार जनताको चाहनाअनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नको लागि बनेको हो । दुईवटा ठूला पार्टी मिलेर साना दलहरूलाई पनि साथमा लिएर सुधार गर्न र जनतालाई राहत दिनको लागि वर्तमान सरकार बनेको छ । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि र नेपालको उद्योगधन्दालाई चलायमान बनाउनको लागि हामीले काम गर्न पर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।  





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया