logo-img

महेश बर्तौलाको दाबी- वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरू भए पनि सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरू छन् । यात्राका क्रममा विभिन्न बाधाहरू आउन सक्छन् । तर सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढ्ने छ । सफल ढंगबाट यो अगाडि बढ्छ ।’

उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण  सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए । 

उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन । त्यस कारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन् ।’ 





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया