logo-img

मैले उद्योगले महसुल तिर्नु पर्दैन भनेको छैन, तर  प्रयोग नै नगरेको विद्युत् महसुल तिर्नु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सदनलाई जानकारी गराएका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रुपमा आजको बैठकमा प्रश्न उठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गरेका थिए । उद्योगहरूबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने उनको भनाइ थियो । 

‘मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु’, प्रधानमन्त्री ओलीले भने, ‘मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिर्नु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस् ।’ 





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया