logo-img

कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन माओवादीले लियाे फिर्ता

कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चार मन्त्रीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । 

माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री थिए । 

परिवर्तित राष्ट्रिय राजनीति र समीकरण फेरबदल भएकाले प्रदेश सरकारका कामकारबाहीमा सहयोग पुर्याउन राजीनामा दिएको मन्त्री केसीले बताए । 

चारैजना मन्त्री यही वैशाख १८ गते नियुक्त भएका थिए । मन्त्रीहरूको राजीनामासँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

मन्त्रीहरूले आजै पत्रकार भेटघाट कार्यक्रम गरी दुई महिनामा आफूहरूले गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् । 





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया