logo-img

देशको संरचनाका कारण निर्माण व्यवसायी समस्यामा छन्, सजिलो वातावरण बनाउँछु : मन्त्री सिंह

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । 

मंगलबार मन्त्रालयमा निर्माण व्यवसायी महासंघका टोलीहरुसँगको भेटमा उनले व्यवसायीहरुको समस्या भनेको देशको संरचनाका कारण समस्या भएको भन्दै व्यवसायीहरुलाई सहज तरिकाले काम गर्ने वातावरण निर्माण गर्न सरकारले पहल गर्ने बताए । 

उनले भने, ‘कुराभन्दा पनि काम गरेर देखाउने हो । व्यवसायीहरुको भौतिक निर्माणमा एकदमै महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीलाई समस्या भएमा सरकारलाई पनि गार्हो हुन्छ । त्यसकारण काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्नेतर्फ पहल गर्छु ।’





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया