logo-img

नेपाल एक चीन नीतिप्रति दृढ छ : राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएकी छिन् । चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरले नेपाल एक चीन नीतिप्रति सधैँ दृढ रहेको बताएकी हुन् ।

नेपालमा पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालनमा रही आएको बताउँदै उपाध्यक्ष घिमिरेले चीन नेपालबीच दौत्य सम्बन्ध कायम भएपश्चात् चीन–नेपाल सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताइन् । ‘व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हासिल गरेका उपलब्धिबाट नेपाल पनि पत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको छ,’ उनले भनिन्, ‘हामी एक चीन नीतिप्रति दृढ छौँ, आपसी व्यापार, लगानी, ज्ञान र सीप आदान–प्रदान यस प्रकारका प्रदर्शनीबाट अझै विस्तार हुने कुरामा विश्वस्त छु ।’

उनले चीनले नेपालका बहुआयमिक क्षेत्रहरुमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको चर्चा गर्दैै चीन हाम्रो एक महत्वपूर्ण व्यापार साझेदार मुलुकको रुपमा रहेको छ भनिन् । चीनले विद्युतीय गाडी र ब्याट्री उत्पादनमा हासिल गरेको प्रगतिले पृथ्वीको तापक्रम स्थिर राख्न मद्दत पुगेको भन्दै उपाध्यक्ष घिमिरेले चीनको यस प्रगतिले नेपालको यातायात क्षेत्रसमेत लाभान्वित भएको बताइन् ।

नेपालमा २०८० कात्तिक १७ गते बारेकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुको जनजीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चिनियाँ स्रोत र प्र्रविधिको हस्तान्तरण हुने विश्वास पनि उपाध्यक्ष घिमिरेले व्यक्त गरिन् । 

उनले काठमाडौं–कुन्मिङको सीधा उडान सम्पर्कले यात्रामा छरितो बनाइ दुवै देशको संस्कृतिको आदान–प्रदान र पर्यटकीय गतिविधीमा सहजता थपेको चर्चा गर्दै लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनसँग सीधा उडान स्थापना गर्नसक्दा दुई देशबीचको पर्या–पर्यटनको माध्यामबाट आर्थिक तथा सामाजिक क्रियाकलाप अझ थप बलियो हुने विश्वास पनि व्यक्त गरिन् ।





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया