logo-img

भारतले बजेटमै छुट्यायाे नेपालका लागि सात अर्ब भारु अनुदान

आर्थिक वर्ष २०२४/०२५ मा भारत सरकारले नेपाललाई सात अर्ब भारतीय रुपैयाँ (भारु) अनुदान दिने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दै वार्षिक बजेटमा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदादन दिने उल्लेख गरेकी हुन् ।

यो रकम चालू आर्थिक वर्षमा दिएको भन्दा ५० करोड भारतीय रुपैयाँले धेरै हो । भारतले आर्थिक वर्ष २०२४/०२५ मा भुटानलाई २० अर्ब ६८ करोड भारु अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ । 

यस्तै भारतको आउँदो वर्षको बजेटमा मालदिभ्सलाई चार अर्ब, म्यानमारलाई दुई अर्ब ५० करोड, श्रीलंकालाई दुई अर्ब ४५ करोड, अफगानिस्तानलाई दुई अर्ब, बंगलादेशलाई एक अर्ब २० करोड, अफ्रिकी देशलाई दुई अर्ब र मंगाेलियालाई पाँच करोड भारु अनुदान उपलब्ध गराउने उल्लेख छ ।





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया