logo-img

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न शिक्षा मन्त्रालयले बनायाे समिति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घुस दिएको घटनामा छानबिन गर्न समिति बनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवप्रसाद दाहालले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको बताए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री महतोले छोराको समकक्षता प्रमाणपत्र लिँदा ५ हजार घुस बुझाएको भन्दै बताएका थिए । त्यस विषयमा शिक्षा मन्त्रालयले समिति बनाएर ७ दिनभित्र सुझावसहित प्रतिवेदन पेस गर्न भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा एक गरिएको काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गर्न ७ दिनको सुझाव सहितको प्रतिवेदन पेश गर्न शिक्षा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको ।’





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया