logo-img

मदन पुरस्कारका लागि पाँच कृति छनोटमा

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले आज ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चारवटा पुस्तकमध्ये पाँचवटा कृति छनोट गरी सार्वजनिक गरेको हो । 

गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । 

छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । 





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया