logo-img

ट्रम्प हत्या प्रयास : सेक्रेट सर्भिस प्रमुखले दिइन् राजीनामा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्न नसकेका कारण अमेरिकी सेक्रेट सर्भिस प्रमुख किम्बर्ली चेट्लीले आफ्नो पदबाट राजिनामा दिएकी छिन्। 

रिपब्लिकन पार्टीका आगामी राष्ट्रपतिका उम्मेद्वारसमेत रहेका ट्रम्पमाथि गोली चलेपछि सेक्रेट सर्भिस प्रमुखलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो । सत्तापक्ष र विपक्षी दुवैले उनको आलोचना गर्दै राजीनामा माग गरेका थिए । 

सेक्रेट सर्भिस अमेरिकामा ठूला नेताहरुको सुरक्षाको जिम्मेवारी बोकेको गुप्तचर निकाय हो । ट्रम्पको सुरक्षामा लापरबाही गरेका कारण उनीमथि हत्या प्रयास भएको आलोचकहरूको दाबी छ । 

आफ्नो मुख्य कर्तव्य राष्ट्रका नेताहरुको सुरक्षा गर्नु भएको, तर उक्त जिम्मेवारीमा कमजोरी भएको स्वीकार गर्दै उनले राजीनामा गरेकी हुन् । 

गत १३ जुलाईमा र्यालीका क्रममा डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहार गर्ने २० वर्षीय युवकलाई सुरक्षाकर्मीले तत्कालै गोली हानेर मारेका थिए । 





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया