logo-img

विद्युत् प्राधिकरणसँग कुनै मतभेद छैन, नियमअनुसार बक्यौता उठाइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा कुनै मतभेद नरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नियमअनुसार विद्युतको बक्यौता उठाइने दाबी गरेका छन् । 

 उनले लेखेका छन्, ‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन।’

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन मंगलबार साँझबाट पुनः जोडेको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझदेखि नै उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिएको बताएका छन् । 

उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि प्राधिकरणले ती उद्योगमा लाइन काटेको थियो ।

प्राधिकरणको सञ्चालक समिति बैठकले विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो । 

तर, तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने प्राधिकरणले चेतावनी दिएको छ । 





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया