logo-img

भारतसँग नेपाल ८२ रनले पराजित

नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलंकाको रंगिरी दम्बुल्ला अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाएका थिइन् । बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेकी थिइन् ।

हेमलता ४७ रन बनाएर आउट भइन् भने सजीवन सजना १० रन बनाएर आउट भइन् । जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे । 

बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिइन् ।

१७९ रनको लक्ष्य पछ्याएको नेपालले ९६ रन मात्रै बनाउन सक्यो । निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा नेपालले उक्त रन बनाएको हो । 

नेपालका लागि सीता रानामगरले १८ रन बनाइन् । यो नै नेपाली खेलाडीको सर्वाधिक रन बन्यो । त्यस्तै, विन्दु रानाले १७, रुवी क्षेत्रीले १५ र इन्दु बर्माले १४ रनको यागदान दिए । 



यससँगै समूह एबाट भारत र पाकिस्तान अर्को चरणमा पुगेका छन् ।   



  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया