logo-img

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज शपथ लिँदै, को-को बन्दै छन् मन्त्री ?
फाइल तस्बिर

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । दुई दलबीच मन्त्रालय भागबन्डा गरेर मन्त्रीहरूको समेत टुंगो लगाएर आचार्यले आज शपथ ग्रहण गर्न लागेका हुन् । 

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।  

मुख्ममन्त्रीसहित मन्त्रीको शपथ बिहान साढे ८ बजे राखिएको छ । प्रदेशमा हाल रहेका ११ मन्त्रालयलाई कायमै राखेर भागबन्डा गरिने दलहरूले जनाएका छन् ।

लुम्बिनीमा कांग्रेसले पाँच र एमालेले मुख्मन्त्रीसहित चार मन्त्रालय पाउने सहमति भएको छ । साना दललाई पनि दुई मन्त्रालय दिने कांग्रेस र एमालेको तयारी छ ।  

नयाँ सरकारबाट कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए ।  

यस्तै, नेकपा एमालेबाट भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारू र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका छन् । उनीहरूमध्ये दुई पुराना र दुई नयाँ अनुहार हुन् । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया