logo-img

प्राप्त उपलब्धिको रक्षा गर्नु माओवादीको मुख्य कार्यभार : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश प्रतिगमनको खतरातिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताएका छन् । 

बुधबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले समाजवाद उन्मुख समृद्धि निर्माण गरी रणनीतिकरूपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताए । 

राष्ट्रिय स्वाधीनता र हितको रक्षा गर्न सके मात्र संस्थापक नेताहरूको सपना साकार हुने श्रेष्ठको भनाइ छ । 

‘हामीले आज समाजवादउन्मुख समृद्धि निर्माण गर्ने र रणनीतिकरूपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा प्रष्ट हुनुपर्दछ । अहिले हामीसँग चार, पाँचवटा कार्यभारहरू छन् । संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइरहँदा हामीले अगामी बाटो निर्धारण नगरी नहुने भएको छ । आज हामीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेछ, राष्ट्रिय हितको रक्षा गर्नुपर्नेछ । दोस्रो, अहिलेसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै प्रतिगमनतिर जाने खतरालाई रोक्नुपर्नेछ । सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाएर समृद्धिको यात्रा अगाडि बढाउनु छ र समाजवादको आधार तयार पार्नुछ,’ श्रेष्ठले भने ।

उनले समाजवादी क्रान्ति सम्पन्न गर्ने मुख्य कार्यभारबारे छलफल गरेर त्यसलाई व्यवहारमा लागू गर्ने संकल्प लिएर अघि बढ्नु आजको मुख्य आवश्यकता भएको बताए ।

‘हाम्रा माओवादी केन्द्रका संस्थापक नेताहरूलाई सम्झिँदै गर्दा हामी हाम्रो मुख्य कार्यभार पुरा गरेर समाजवादी क्रान्ति सम्पन्न कसरी गर्न सक्छौँ र सफल समाज निर्माण कसरी गर्न सक्छौँ भनेर छलफल बहस गर्नु र त्यसलाई व्यवहारमा उतार्ने संकल्प गरेर अगाडि बढ्नु नै आजको आवश्यकता हो,’ श्रेष्ठले भने ।   





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया