logo-img

त्रिभुवन विमानस्थलमा १९ जना सवार सौर्यको जहाज दुर्घटना, दुई जनाको शव भेटियो [अपडेट]

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । 

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको हो । 

जहाजमा सवार दुई जनाको शव भेटिएको छ । जहाजमा सवार केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ । अहिले उद्धारको काम चलिरहेको छ ।  थप विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया