logo-img

विमान दुर्घटना : १९ जना सवार, अधिकांश यात्रु हताहत

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार अधिकांश यात्रु हताहत भएका छन् । घटनास्थलबाट उद्धार टोलीले मृतक यात्रुहरूको शव निकालिरहेको छ । यसअघि दुई जनाको शव भेटिए पनि अहिलेसम्म थप कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी आउन बाँकी छ । 

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको जनाइएको छ । 

त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ ।

सवार अधिकांश इन्जिनियर र प्राविधिकहरू रहेको बताइएको छ । ९ एन–एएमई सिआरजे २०० विमान उडेलगत्तै भुईँमा खसेसँगै आगो लागेको थियो । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया