logo-img

‘दुर्घटनामा परेको जहाजमा परेका सबै सौर्यकै कर्मचारी’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्समा १९ जना रहेको खुलेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार उक्त जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारी सवार थिए । 

सौर्यको ९ एन–एएमई-सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ । 

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । उनको आँखामा चोट लागेको छ ।   

सौर्य एयरको विमान पोखराको लागि उडान गर्नेक्रममा दुर्घटना भएको थियो ।   
 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया