logo-img

वन मन्त्रालयसँग सम्बन्धित कानुन जनमैत्री बनाउन आवश्यक छ : महेश बर्तौला
फाइल तस्बिर

नेकपा एमालेका सांसद महेश बर्तौलाले वन मन्त्रालयसँग सम्बन्धित कानुन जनमैत्री बनाउनुपर्ने बताएका छन् ।

बुधबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको विषयमा वन मन्त्रालयसँगको दफावार छलफलमा बोल्दै सांसद बर्तौलाले देशमा वनजंगलका कारणले अहिले पनि विकास, निर्माण र जनताको जीवनशैलीमा निकै ठूलो प्रभाव पारिरहेको बताएका हुन् ।  

‘वनमन्त्रीज्यूसँग मेरो आग्रह छ, वनसँग सम्बन्धित धेरै कानूनहरू बनिरहेका छन् । जनमैत्री बनाउनुपर्छ । देशमा गणतन्त्र आएको भए पनि देशमा वनजंगलका कारणले अहिले पनि विकास निर्माण र जनताको जीवनशैलीमा निकै ठूलो प्रभावहरू परेका छन् । यस्तो प्रभाव कम गर्न मध्यवर्तीको परिभाषालाई समय अनुकूल बनाउँ, संरक्षित क्षेत्रको परिभाषा व्यवस्थित गरौँ । वनसँग सम्बन्धित कानुनहरूमा संरक्षित क्षेत्रहरूलाई परिभाषित गरिएका छैनन्,’ उनले भने ।

बनेका कानुनहरूको कार्यान्वयनको पक्ष फितलो भएका कारण सांसदले गाली खानु परेको बर्तौलाको भनाइ छ । उनले जनमैत्री कानुन बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने वाध्यतामा समितिहरूले काम गर्नुपर्ने बाध्यता रहेको बताए । 

‘नेपालको कानुन निर्माणको आजसम्मको प्रक्रियामा देखिएको सबैभन्दा डरलाग्दो खतरनाक पक्ष सहि कार्यान्वयन भएन भने सांसदले गालि खानुपर्दछ । आज पनि हामी कसरी जनमैत्री कानून बनाउनुपर्छ भन्ने बहसलाई भन्दा मन्त्रालयको भनाइका आधारमा अगाडि बढ्नुपर्ने बाध्यता छ । मन्त्रालयबाट लिने सुझाव सल्लाह त लिन्छौं नै तर यसको निर्णायक क्षेत्र त्यो होइन । हामी हौँ,’ उनले भने ।  





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया