logo-img

जहाज दुर्घटनामा घाइते पाइलट शाक्यको केएमसीमा उपचार जारी, कस्तो छ अवस्था ?

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजका पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ । उनको सिनामंगलस्थित केएमसी अस्पताल उपचार भइरहेको हो ।

अस्पतालका अनुसार पाइलट शाक्यको टाउकोमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको  परिवारका सदस्यले बताएका छन् । क्याप्टेन शाक्यले परिवारका सदस्यसँग कुरा गरेका छन् ।

अस्पतालका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ । सौर्य एयरलाइन्सको कर्मचारी बोकेर जहाज आज बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वतर्फको खाल्डोमा खसेको थियो । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया