logo-img

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्य रूपमा सुनुवाइ गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । प्रधानले आफ्नो भावी योजना सम्बन्धी अवधारणा तथा कार्य योजना प्रस्तुत गरेपछि सवाल जवाफ सुरु भएको थियो । तर सवाल जवाफमा पत्रकारहरूलाई भने निकालिएको छ । 

सुरुमा पत्रकारहरूलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुति सुनाएपछि सवाल जवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो । प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो ।
 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया