logo-img

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, जहाज दुर्घटनाबारे छानबिन गरिने

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री केपी ओलीले आज बुधबार अपराह्न पाँच बजेका लागि आकस्मिक बैठक बोलाएका हुन् ।

बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्यसबारे जानकारी तथा छानबिन प्रक्रियाका लागि बैठक बस्न लागेको हो । 

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

दुर्घटनामा पाइलट मनिष रत्न शाक्यबाहेक सबै १८ यात्रुको निधन भएको हो ।  





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया