logo-img

विमान दुर्घटना : त्रुटि पत्ता लगाउन नागरिक उड्डयनमन्त्री पाण्डेले थाले छलफल

बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटनास्थलको निरीक्षण गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११:११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सिआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए । 

उनले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी पनि लिएका छन् ।

दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।  मन्त्री पाण्डेले घटनाबारे सम्बद्ध अधिकारीसँग छलफल अघि बढाएका छन् । उनले नेपाल वायुसेवा निगमलगायत सम्बद्ध निकायका अधिकारीहरूसँग घटनाको अध्ययन गर्न छलफल अगाडि बढाएको बताए । 

आगामी दिन सजग रहन साथै घटना के कसरी भयो, मानवीय र प्राविधिक कमजोरी के थियो पत्ता लगाउन मन्त्री पाण्डेले सम्बन्धित निकायका कर्मचारीहरूसँग छलफल अगाडि बढाएका हुन् ।



दुर्घटना लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले पनि घटनास्थलको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बन्धित कर्मचारीहरूसँग छलफल समेत गरेका थिए ।  



  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया